काठमाण्डु – गृहमन्त्री रामबहादुर थापा बादलले माघ २३ गते हुने जनसभा सफल पार्न आह्वान गरेका छन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत गृृहमन्त्री बादलले भोली दिउँसो १२ बजे नारायणहिटी गेट अगाडि आयोजना हुने नेकपा केपी शर्मा ओली समूहको जनसभामा उपस्थित हुन अनुरोध गरेका छन् ।
ओली समूहका नेकपाले भोली नारायणहिटीको सडकमा जनसभा आयोजना गर्ने भएको छ । उक्त सभालार्य प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।




प्रतिक्रिया