ओली र नेपाल पक्षको बैठकमा गृहमन्त्री बादल किन गएनन् ?

ओली र नेपाल पक्षको बैठकमा गृहमन्त्री बादल किन गएनन् ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको बैठक सुरु भएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा माओवादी केन्द्रबाट एमालेमा आएका नेताहरुलाई उपस्थित गराइएको छैन् । गृहमन्त्री रामबहादुर थापा बादल उक्त बैठकमा सहभागी भएनन् ।

 पछिल्लो समय प्रधानमन्त्रीको विश्वास पात्र मानिएका बादल बैठकमा किन उपस्थित भएनन् भन्ने चासो बढेको छ ।

आजको भेटवार्ता नेपाल पक्षलाई पनि मिलाएर लैजाने प्रयास भएकाले माअ‍ोवादीबाट आएका नेताहरुलाई सहभागी नगराइएको प्रधानमन्त्री निकट एक केन्द्रीय कमिटी सदस्यले जानकारी दिए । ओली र नेपाल एमालेका सहकर्मी भएकाले माओवादीबाट आएका नयाँ नेताहरुलाई सहभागी नगराइएको उनकाे भनाइ छ ।

‘प्रधानमन्त्री र माधव नेपाल कमरेडबीच चार महिनापछि भेट हुँदैछ । पछिल्लो समय प्रधानमन्त्रीज्यूले गर्नुभएको विभिन्न नियुक्ती मात्र होईन, प्रदेशका इन्चार्जहरुको फेरबदलमा समेतबारे उहाँहरुको असन्तुष्टी छ । उहाँलाई पनि पार्टीमा मिलाएर लैजाने प्रधानमन्त्रीको तयारी भएकाले पनि बादल कमरेडहरुलाई उपस्थित नगराइएको हो’, ती केन्द्रीय कमिटी सदस्यले काठमाण्डुपाटीसँग कुरा गर्दै भने ।