बादललाई आजै शपथग्रहण गराउने तयारी

बादललाई आजै शपथग्रहण गराउने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृहमन्त्री रामबहादुर थापा बादललाई शपथ ग्रहण गराउने तयारी भएको छ ।

राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका गृहमन्त्री बादललाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ ग्रहण गराउने तयारी गरेकी हुन् ।

बादलनिकट स्रोतकाअनुसार आइतबार साँझसम्म शपथग्रहण गराउनेगरी तयारी भएको छ । राष्ट्रपति कार्यालयले शपथग्रहणको सार्वजनिक गरिसकेको छैन् ।

राष्ट्रपति कार्यालयका सहप्रवक्ता केशवप्रसाद घिमिरेले राष्ट्रियसभाबाट पत्र नआएकाले समयको टुंगो नलागेको बताए । यसअघिका चार जना मन्त्रीको शपथ पनि अचानक भएकाले साँझसम्ममा शपथ हुन सक्ने उनको भनाई छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बादललाई गृहमन्त्रीमा पुनः नियुक्ती गरेका छन् ।

 माओवादी केन्द्रले नेकपा एमालेमा लागेका गृहमन्त्री बादललाई सांसदबाट पदमुक्त गर्न संसद सचिवालयमा पत्र दर्ता गराएको थियो । सोही पत्रअनुसार राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पदमुक्त गरेको सूचना जारी गरेका थिए ।