एमालेमा बादल चौथो बरियतामा, नेपाल पक्षलाई स्थायी कमिटीले कारबाही गर्ने

एमालेमा बादल चौथो बरियतामा, नेपाल पक्षलाई स्थायी कमिटीले कारबाही गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले माधवकुमार नेपालसहित २७ जना सांसदलाई कारबाही गर्ने जिम्मा स्थायी कमिटीलाई दिएको छ । शुक्रबार चयन भएको स्थायी कमिटीले नेता नेपालसहित २७ जना सांसदलाई कारबाहीको जिम्मा दिएको हो

त्यस्तै नेकपा एमालेमा माओवादी केन्द्रबाट आएका गृहमन्त्री रामबहादुर थापा बादल चौथो वरियतामा परेका छन् । स्थायी कमिटीमा बादललाई ईश्वर पोखरेलपछिको वरियतामा राखिएको हो ।

स्थायी कमिटीमा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा, विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, किरण गुरुङ, केशव बडाल, मणि थापा र पुष्पराज कँडेल सदस्य रहेका छन् ।