काठमाण्डु – नेकपा एमालेले गृहमन्त्री रामबहादुर थापा बादललाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाएको छ ।
शुक्रबार बसेको बैठकले रिक्त रहेको राष्ट्रिय सभा सदस्यको पदमा स्थायी समिति सदस्य बादललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
यसअघि नेकपा माओवादी केन्द्रबाट निर्वाचित बादललाई पार्टीले कारवाही गरेपछि उनको राष्ट्रिय सभा सदस्यको पद गुमेको थियो ।
आयोगले बिहीबार मात्र राष्ट्रियसभाको रिक्त पदका लागि जेठ ६ गते उप निर्वाचनको मिति तोकेको थियो ।




प्रतिक्रिया