काठमाण्डु – गृहमन्त्री रामबहादुर थापा बादलले राष्ट्रियसभा सदस्यका लागि उम्मेद्वारी दर्ता गराएका छन् ।
शुक्रबार हेटौंडास्थित वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर गृहमन्त्री बादलले मनोनयन दर्ता गराएका हुन् ।
नेकपा एमालेले आज बिहान बादललाई राष्ट्रियसभा सदस्यको उम्मेद्वार बनाउने निर्णय गरेको थियो ।
बादलको प्रस्तावकमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समाजिक विकास मन्त्री सरस्वती बस्नेत समर्थक रहेका छन् ।




प्रतिक्रिया