काठमाण्डु – नेकपा एमालेले राष्ट्रियसभा सदस्य रामबहादुर थापा बादललाई मत दिन ह्वीप जारी गरेका छन् ।
महासचिव ईश्वर पोखरेलले सोमबार बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा एमालेको तर्फबाट उम्मेदवार रहेका गृहमन्त्री बादललाई मत हाल्न ह्वीप जारी गरेका हुन् ।
‘पार्टीको उम्मेदवारको पक्षमा निर्वाचन कार्यक्रम अन्तर्गत मिति २०७८ जेष्ठ ६ गते ०९ः०० बजे देखि १५ः०० बजेसम्म हेटौंडामा हुने मतदानमा अनिवार्य उपस्थित भई पार्टीका उम्मेदवारको चुनाव चिन्ह सूर्यमा मतदान गर्नुहुन पार्टी निर्णयानुसार निर्देशन गर्दछु’, पत्रमा भनिएको छ ।




प्रतिक्रिया