काठमाण्डु – राष्ट्रियसभाको उपनिर्वाचनमा आफूलाई सहयोग गर्न आग्रह गर्दै नेकपा (एमाले) का नेता रामबहादुर थापा ‘बादल’ वरिष्ठ नेता माधकुमार नेपाल निवासमा पुगेका छन् । आगामी बिहीबार हुने उप निर्वाचनमा आफूलाई सहयोग गर्न आग्रहका लागि नेता नेपालको निवास कोटेश्वर पुगेका हुन् ।
गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईले नेकपा एमालेभित्रको विवाद र राष्ट्रियसभाको निर्वाचनमा केन्द्रीत रहेर छलफल भइरहेको जानकारी दिए । उनले अहिले भेटवार्ता जारी रहेको बताए ।
बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उप निर्वाचनमा एमालेले गृह मन्त्रीसमेत रहेका बादललाई उम्मेदवार बनाएको छ । यता माधव नेपाल पक्षले भने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रको गठबन्धनमा खिमलाल देवकोटा उम्मेदवार बनाएका छन् ।
पार्टीभित्र विवाद उत्पन्नभएसंगै नेपाल पक्षले अन्य दलहरुसंग साझदारी गरेको थियो तर अहिले एमाले भित्रको विवाद समाधानउन्मुख भइरहेका बेला नेता नेपाललाई भेटेन कोटेश्वर पुगेका हुन् ।
निर्वाचनको दिन नजिकिँदै गर्दा नेता नेपालसँग मत माग्न मन्त्री बादल उनको निवास पुगेका हुन् । यसअघि एमालले बादलको पक्षमा मतदान गर्न सोमबार पार्टीमा ह्वीप जारी गरिसकेको छ ।




प्रतिक्रिया