काठमाण्डु – गृहमन्त्री रामबहादुर थापा बादल र उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल होम आइसोलेसनमा बसेका छन् । स्रोतकाअनुसार कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)का दुई जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरु सेल्फ आइसोलेसनमा बसेका हुन् ।
केहीदिन अगाडि गृहमन्त्री बादल र रक्षामन्त्री पोखरेल सीसीएमसीको बैठकमा सहभागी भएका थिए । सीसीएमसीको कार्यालय छाउनीमा छ ।
‘केहीदिन अगाडि उहाँहरु सीसीएमसीको बैठकमा सहभागी हुनुभएको थियो । भित्र–बाहिर गर्ने सहयोगीलाई कोरोना संक्रमण भएछ’, स्रोतले भन्यो ।
सचिवालय सदस्यसमेत रहेका दुई मन्त्री आइसोलेसनमा बसेपछि भोलीका लागि बोलाइएको सचिवालय बैठक पनि स्थगित भएको छ ।
नेकपा विवाद समाधान गर्न गठित कार्यदलको प्रतिवेदनबारे छलफल गर्न बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको हो ।




प्रतिक्रिया