व्यक्तिगत रुपमा चन्दा वितरण नगर्न गृहको निर्देशन

व्यक्तिगत रुपमा चन्दा वितरण नगर्न गृहको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – गृह मन्त्रालयले लकडाउनका बेला नागरिकले सहायताको नाममा चन्दा उठाउने र आफूखुसी वितरण गर्न नपाउने निर्णय गरेको छ ।

आइतबार आपूर्ति व्यवस्थापनलाई सहज बनाउन गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा बसेको बैठकले सहयताको नाममा चन्दा उठाउन र वितरण गर्न नपाउने निर्णय गरेको हो ।

कुनै संघ, संस्था वा व्यक्तिले सहायता दिन चाहेमा भने स्थानीय तहमा सम्पर्क गरी वितरण गर्न सकिने छ ।

त्यस्तै मन्त्रालयले आपूर्ति व्यवस्थापनलाई सहज बनाउने जिम्मा स्थानीय तहलाई दिएको हो ।

स्थानीय तहले तोकेको मापदण्डअनुसार सामग्री भएमात्रै स्वीकार गर्ने र वडास्तरीय समितिमार्फत वितरण गर्नुपर्ने गृहको निर्णय छ ।