प्रधानमन्त्रीको अभिव्यक्ति कसैलाई मान्छे नै नगन्य खालको :रामचन्द्र पौडेल

प्रधानमन्त्रीको अभिव्यक्ति कसैलाई मान्छे नै नगन्य खालको :रामचन्द्र पौडेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुली – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको मर्म माथि सरकारले प्रहार गरेको बताएका छन् । बुधबार नेपाल प्रेस यूनियन सिन्धुलीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पौडेलले सरकारको नीति तथा कार्यक्रममा भएका त्रुटिलाई प्रतिपक्षले सच्याउँदा समेत बेवास्ता गर्दै पेलेर पास गराउने कार्य भएको आरोप लगाए ।

प्रधानमन्त्रीको अभिव्यक्ति कसैलाई मान्छे नै नगन्य खालको भएकाले समस्या उत्पन्न भएको नेता पौडेलको भनाई थियो । अलोतान्त्रिक तरिकाले सरकारको नीति कार्यक्रम पास भएको टिप्पणी गर्दै नेता पौडेलले ‘लथालि¨ देशको भताभु¨ चाला, जसजसले सक्छ, उसैले खाला’ भन्ने जस्तै गरी लुटतन्त्र मच्चिएको दाबी गरे ।

कांग्रेसले थालेको जागरण अभियानका क्रममा प्रदेशको धनुषा हिंडेका पौडेलले सबै किसिमका अराजकता र गलत प्रवृत्तिको चिरफार गर्ने उल्लेख गरे । अभियानले आफैं भित्र भएको धूलोलाई समेत बढार्ने उनको भनाई थियो । भर्खरै एकीकरण भएको समाजवादी पार्टी नेपाल तर्फ इंगित गर्दै नेता पौडेलले ११ प्रदेशको कुरा ल्याएर जनतालाई भ्रममा पारेको उल्लेख गरे ।