काठमाण्डु– राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यलाभ गरी शनिबार अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी शनिबार दिउँसो महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
अस्पतालका निमित्त कार्यकारी निर्देशक प्रा.डा. घनश्याम गुरुङले शनिबार दिउँसो ३ बजे राष्ट्रपति डिस्चार्ज भएको जानकारी दिए । गत मङ्सिर १९ गते अस्पताल भर्ना भएका उनको प्रोस्टेटसम्बन्धी शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको थियो ।




प्रतिक्रिया