अध्यादेशबारे राष्ट्रपति कानूनी परामर्शमा, संविधानविद्लाई बोलाए छलफलमा

अध्यादेशबारे राष्ट्रपति कानूनी परामर्शमा, संविधानविद्लाई बोलाए छलफलमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सरकारले ल्याएका अध्यादेशहरुबारे राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र कानुविद्हरूसँग परामर्श गर्ने भएका छन् ।

राष्ट्रपति पौडेलले आज दिउँसो ४ बजे कानून व्यवसायीहरुलाई छलफलका लागि शीतल निवासमा बोलाएका हुन् ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार आजको छलफलमा वरिष्ठ कानून व्यवसायीहरु शम्भु थापा, टिकाराम भट्टराई, पूर्णमान शाक्य, भीमार्जुन आचार्य, बिपिन अधिकारी र शेरबहादुर केसी, ललित बस्नेतलाई छलफलमा बोलाइएको छ ।

सरकारले ६ अध्यादेश सिफारिस गरेको छ ।

सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी बनाउने, दलीय राजनीतीकरण अन्त्य गर्ने, सार्वजनिक निर्माणलाई तीव्रता दिने, सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तथा भूमि, मालपोत र नापी लगायतका सेवा प्रभावकारी बनाउने उद्देश्यसहित अध्यादेश सिफारिस गरेको हो ।