कांग्रेस नेतालाई रामचन्द्र पौडेलको अपीलः आत्माको पुकार सुनेर निर्णय गरौं

कांग्रेस नेतालाई रामचन्द्र पौडेलको अपीलः आत्माको पुकार सुनेर निर्णय गरौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका वरिष्ठ नेता रमचन्द्र पौडेलले पार्टीलाई सबल नेतृत्वको खाँचो रहेको बताएका छन् । बिहीबार बिहान सामाजिक सञ्जालमा एक भिडियो सन्देश सार्वजनिक गर्दै नेता पौडेलले देश र जनतालाई समृद्ध र सुखी बनाउन कांग्रेसभित्र सबल नेतृत्वको आवश्यकता रहेको बताएका हुन् ।

उनले आसन्न १४ औं महाधिवेशनबाट पार्टीलाई एउटा सबल नेतृत्व र लोकतन्त्रप्रतिको निष्ठावान नेतृत्वको आवश्यक रहेको बताएका छन् ।

‘ढिलै भएपनि नेपाली कांग्रेसको १४ औं महाधिवेशन हाम्रो सामु आएको छ । १८ गतेबाट देशव्यापी रुपमा वडाबाट नै हाम्रो पार्टीको निर्वाचन शुरु हुँदैछ । नेपालको अहिलेको परिवर्तनको रक्षा गर्दै लोकतन्त्रलाई साकार पार्ने दिशामा र नेपाली कांग्रेस जनताको भरोसा बन्ने दिशामा हामीले काम गर्नुपर्ने छ,’ वरिष्ठ नेता पौडेलले भनेका छन्, ‘हाम्रो पार्टीलाई एउटा सबल नेतृत्व र लोकतन्त्रप्रतिको निष्ठावान नेतृत्वको आवश्यक छ ।’

उनले सबल नेतृत्वका लागि सानातिना कुरा बिर्सेर आफ्नो आत्मको पुकार सुन्न आग्रह गरेका छन् ।

‘हामीले आफ्ना सानातिना निजी कुरालाई बिर्सेर हामीले गर्दै आएको कठिन संघर्षलाई कसरी मुर्त रुप दिने कसरी कांग्रेस पार्टीले सबल नेतृत्व हासिल गर्ने त्यही अनुसार आफ्नो आत्मको पुकार सुनेर निर्णय गर्न सम्पूर्ण साथीहरुलाई अनुरोध गर्न चाहन्छु’ उनले भनेका छन् ।