देउवासँग पौडेल पक्षले सोध्योः हामीले पाउने मन्त्रीको भाग कति हो ?

देउवासँग पौडेल पक्षले सोध्योः हामीले पाउने मन्त्रीको भाग कति हो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको संस्थापन पक्षले सरकारमा सहभागी हुने मन्त्रीको नाम सामूहिक निर्णयबाट तय गर्ने समझदारी गरेको छ । आज महामन्त्री डा. शशांक कोइरालाको निवास महाराजगन्जमा बसेको बैठकले व्यक्ति–व्यक्तिले मन्त्री सिफरिस गर्दा पार्टीभित्र द्वन्द्व निम्तिने निस्कर्ष निकालेको नेताहरुले बताएका छन् ।

सभापति शेरबहादुर देउवाले व्यक्तिगत रूपमा मन्त्री नियुक्त गरेपछि असन्तुष्टिसहित बसेको पौडेल–कोइराला समूहको बैठकले आफ्नो पक्षबाट सामूहिक निर्णय गर्ने जनाएको हो । सभापति देउवाले संस्थापन इतरपक्षसंग सरकारमा सहभागी हुने मन्त्रीको नाम दिन भनेका थिए ।

केन्द्रीय सदस्य बलबहादुर केसीले प्रधानमन्त्री देउवाले पाँच वटा मन्त्रालय लिइसकेकाले आफूहरुले पाउने संख्या माग गरिएको जानकारी दिए । उनले प्रधानमन्त्री देउवाले कांग्रेसले पाउने सबै मन्त्री राखेकाले अब कांग्रेसको संख्या कति भन्दै जवाफ माग गरेको बताए ।

मन्त्रिपरिषद्मा प्रधानमन्त्रीसहित गृह, कानुन, स्वास्थ्य र परराष्ट्र मन्त्रालय कांग्रेसले लिइसक्यो । खास कांग्रेसले पाउने मन्त्रालयको संख्या कति हो ? त्यसमा हाम्रो समूहको भाग कति हो ? त्यही मुख्य प्रश्न हो,’ नेता केसीले भने ।