विकासको अभियान पूरा नभएकाले सक्रिय राजनीतिमा छु :रामचन्द्र पौडेल

विकासको अभियान पूरा नभएकाले सक्रिय राजनीतिमा छु :रामचन्द्र पौडेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासको अभियान पूरा नभएकाले आफू सक्रिय राजनीतिमा क्रियाशील रहेको बताएका छन् । तनहुँको भानु नगरपालिका–३ खहरेमा आज आयोजित कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले गाउँमा बिजुली, पानी, मोटरबाटो पुगे पनि आम्दानी नपुगेकाले त्यसलाई पूरा गर्न आफू क्रियाशील रहेको उल्लेख गरेका हुन् ।

गाउँमा सबै सुविधा पुगे पनि रोजगारी र आम्दानी नपुगेकाले अबको ध्यान त्यसतर्फ केन्द्रित रहने उनको भनाइ थियो । देशलाई सुशासन दिएर विकास गरेर यो देशका युवालाई विदेशिन नपर्ने, नेपालमै रोजगारीको सिर्जना गर्ने सपना पूरा गराएरै छाड्ने पौडेलले दाबी गरे ।

उनले भने, “देशलाई सुशासन आवश्यक छ, भ्रष्टाचारको जालो तोड्नु छ, साउदी अरबको खाडीमा युवा भौतारिन पर्ने बाध्यताको अन्त्य गर्नु आवश्यक छ ।” नयाँ व्यवस्था बनाउन, संविधान बनाउन, महिलालाई अधिकार दिलाउन, जनजातिलाई अधिकार दिलाउनका लागि आफू केन्द्रित रहेको बताउँदै त्यसैका कारण जिल्ला आउन नभ्याएको पौडेलले बताए।

भानुभक्तको जन्मस्थलाई भानु साहित्य उत्थान बनाएर नेपालको मात्रै नभइ विश्वभरि रहेका नेपालीहरू, नेपाली भाषा पढ्नेहरूले जीवनमा एकपटक आउनैपर्ने ठाउँ बनाइने उनले बताए ।