राष्ट्रपति पौडेलले गरे जनै तथा रक्षाबन्धन ग्रहण

राष्ट्रपति पौडेलले गरे जनै तथा रक्षाबन्धन ग्रहण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा शनिबार वैदिक विधिअनुसार नवयज्ञोपवित (जनै) एवम् रक्षाबन्धन ग्रहण गरेका छन् ।

राष्ट्रपति पौडेलसहित प्रथम महिला सविता पौडेलले पण्डित अर्जुन न्यौपानेबाट शनिबार निर्धारित साइतअनुसार वैदिक रक्षाबन्धन ग्रहण गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलसँगै आफन्तजनले समेत रक्षाबन्धन ग्रहण गरेका थिए ।