प्रधानमन्त्रीलाईसँगै राखेर राष्ट्रपतिले जेनजी प्रतिनिधिसँग छलफल गर्दै

प्रधानमन्त्रीलाईसँगै राखेर राष्ट्रपतिले जेनजी प्रतिनिधिसँग छलफल गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार सरकार र जेनजी प्रतिनिधिसँग सामूहिक छलफल गर्दै छन्।

राष्ट्रपति पौडेलले शीतल निवासमा प्रधानमन्त्री सुशीला कार्की र जेनजीका प्रतिनिधिहरूसँग सामूहिक छलफल गर्न लागेका हुन् ।

छलफलमा सुदन गुरुङलगायत जेनजीका विभिन्न समूहका प्रतिनिधिहरू सहभागी हुनेछन्।

प्रधानमन्त्री सुशीला कार्कीले जेनजीकै प्रतिनिधित्व गराएर मन्त्रिपरिषद् विस्तार गर्ने तयार भइरहेका बेला बैठक बस्न लागेको हो ।

राष्ट्रपति पौडेलले शुक्रबार प्रधानमन्त्री कार्कीसहित विभिन्न राजनीतिक दलहरूसँग छलफल गरेका थिए। छलफलमा सहभागी दलहरूले फागुन २१ गते हुने चुनावमा सुरक्षाको ग्यारेन्टी खोजेका थिए।