छलफलका लागि राष्ट्रपतिले बोलाएपछि जेनजी समूह विभाजित, शीतल निवास अगाडि नाराबाजी

छलफलका लागि राष्ट्रपतिले बोलाएपछि जेनजी समूह विभाजित, शीतल निवास अगाडि नाराबाजी

छलफल अब सोमबार हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्की र जेनजी प्रतिनिधिहरूसँग गर्ने भनिएको छलफल स्थगित भएको छ ।

राष्ट्रपति कार्यालय अगाडि जेनजी समूहले नाराबाजी गरेपछि छलफल कार्यक्रम सोमबारका लागि सारिएको हो । शीतल निवासमा सुधन गुरुङसहितका केही अभियान्ता प्रवेश गरेपछि केही अभियन्ताहरूले विरोध गरेका थिए ।

जेनजीको केही समूहले आफूहरूलाई वार्तामा नबोलाएको भन्दै राष्ट्रपति कार्यालय शीतल निवास अगाडि नाराबाजी गरेका थिए । नाराबाजीपछि छलफल कार्यक्रम सोमबारका लागि सारिएको हो ।

साथै राष्ट्रपति पौडेलले छलफलमा जेनजी अभियान्ताहरूलाई बोलाएपछि उनीहरू विभाजित भएका छन् ।

जेनजीका मागहरूको विषयमा छलफल गर्न राष्ट्रपति पौडेलले शनिबार प्रधानमन्त्री कार्की र जेनजीका प्रतिनिधिहरूलाई शीतल निवास बोलाएका थिए ।

उनीहरूले सुदन गुरुङ पानी बाँडिरहेका व्यक्ति कसरी अहिले अभियन्ता भए भन्दै आक्रोश पोखेका छन् ।

जेनजी युवाहरूको वार्ता टोलीलाई सहभागी नगराएर जेनजी बाहिरका व्यक्ति सहभागी भएको भन्दै उनीहरूले आपत्ति जनाएका हुन् ।

अमेरिकी दूतावास युथ काउन्सिल नेपाल र एनजीओमा मात्र सहभागी व्यक्तिहरू मन्त्रीको सूचीमा देखिएको र जेनजी अभियन्ता भन्दै सहभागी भएको भन्दै पनि उनीहरूले आपत्ति जनाएका छन् ।