राष्ट्रपति पौडेल अस्वस्थ

राष्ट्रपति पौडेल अस्वस्थ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भएका छन् ।

जेन–जी प्रतिनिधिहरूसँग छलफल गर्दागर्दै अस्वस्थ भएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना भएका हुन् ।

छलफल गर्दागर्दै अचानक स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई महाराजगन्जस्थित मनमोहन कार्डियोथरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको छ ।

उनलाई टाउको दुख्ने र वान्ता हुने समस्या देखिएको अस्पतालले जनाएको छ । थप परीक्षणका लागि अस्पतालमै भर्ना गरिएको पनि अस्पतालले जनाएको छ ।