प्रधानमन्त्रीसहित चारवटै सुरक्षा निकायका प्रमुखसँग राष्ट्रपति छलफलमा

प्रधानमन्त्रीसहित चारवटै सुरक्षा निकायका प्रमुखसँग राष्ट्रपति छलफलमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित चार वटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन्।

छलफल अहिले राष्ट्रपति कार्यालय शीतल निवासमा जारी छ।

छलफल जेनजी आन्दोलनपछि देशको सुरक्षा अवस्था, चुनावको वातावरण लगायत विषयमा केन्द्रित रहेको छ ।

यसअघि राष्ट्रपति पौडेलले प्रधानमन्त्रीसहित जेन जीका प्रतिनिधिहरूसँग पनि सामूहिक छलफल गरेका थिए ।

यस्तै अघिल्लो हप्ता प्रधानमन्त्री कार्कीले पनि सुरक्षा परिषद्को बैठकमा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेकी थिइन् ।