काठमाण्डु- राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित चार वटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन्।
राष्ट्रपति भवन शीतल निवासमा शनिबार भएको छलफलमा प्रधानमन्त्री कार्कीसहित सुरक्षा निकायका चार वटै निकायका प्रमुखहरू सहभागि थिए ।
बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल र अन्य मन्त्रीहरूको पनि उपस्थिति थियो ।
बैठकमा आगामी फागुन २१ गते तय भएको निर्वाचनको वातावरण र सुरक्षाका विषयमा छलफल भएको थियो।
सबै सुरक्षा निकायका प्रमुखहरूले निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन तयार रहेको बैठकामा जानकारी गराएका थिए ।
अहिलेभन्दा कठिन अवस्थामा पनि विगतमा चुनाव गराउन सफल भएको दृष्टान्तहरू प्रस्तुत गर्दै उनीहरूले फागुन २१ गते हुने निर्वाचनलाई भयरहीत वातावरणमा सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने बताएका थिए ।
त्यस क्रममा जेनजी आन्दोलनपछि देशको सुरक्षा अवस्था आदिका विषयमा पनि छलफल भएको छ ।
प्रधानमन्त्री कार्कीकाे सचिवालयका अनुसार बैठक निर्वाचनको वातावरण र सुरक्षाका विषयमा केन्द्रित थियो।
सबै सुरक्षा निकायका प्रमुखहरूले आसन्न निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन तयार रहेको बताएकाे प्रधानमन्त्रीकी प्रेस संयाेजक राम रावलले जानकारी दिए।




प्रतिक्रिया