संसदमा अविश्वासको प्रस्ताव ल्याएर ओलीलाई हटाउंछौं : रामचन्द्र पौडेल

संसदमा अविश्वासको प्रस्ताव ल्याएर ओलीलाई हटाउंछौं : रामचन्द्र पौडेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र खतरामा रहने भएकाले संसदमा अविश्वासको प्रस्ताव ल्याएर भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने बताएका छन् ।

शनिबार नेपाली कांग्रेस नुवाकोटद्वारा काठमाण्डुमा आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नहटाए लोकतन्त्र खतरामा रहने भएकाले संसदमा अविश्वासको प्रस्ताव ल्याएर भए पनि हटाउने बताएका हुन् ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले प्रधानमन्त्री फेर्ने निर्णय गरिसकेको बताउँदै प्रधानमन्त्री ओलीले आफैं राजीनामा नदिए कांग्रेसको नेतृत्वमा अविश्वासको प्रस्ताव संसदमा लैजाने बताए। उनले भने, ‘उहाँले राजीनामा दिनुहुन्न भने अविश्वास प्रस्ताव राखेर हामी हटाउछौं।’

सरकारबाहिर रहेका, प्रतिगमनको विरुद्धमा संघर्ष गरेका र संसद पुनःस्थापनाका लागि आवाज उठाएका तीन दलको बीचमा वार्ता गरी सहमति गरेर प्रधानमन्त्री ओलीलाई हटाउन संसदमा अविश्वासको प्रस्ताव लैजाने उनको भनाई छ ।

‘खासगरी अहिले अपोजिसनमा रहेका र हिजोको प्रतिगमनविरुद्धमा संघर्ष गरेका र पुनःस्थापनाका लागि आवाज उठाएका तीन वटा दलको बीचमा पहिले हामी वार्ता गर्छौं, समझदारी बनाउँछौं र सहमति गरेर प्रधानमन्त्रीलाई हटाउने प्रस्ताव हामी पेश गर्छौं,’ उनले भने। पौडेलले अब बन्ने सरकारको नेतृत्व कांग्रेसले गर्ने पनि बताए। तर, यस विषयमा अन्य दलहरूसँग छलफल गर्न कांग्रेस तयार रहेको पनि स्पष्ट पारे।