राष्ट्रपति पौडेलले गरे नेपाल र खनालसँग छलफल

राष्ट्रपति पौडेलले गरे नेपाल र खनालसँग छलफल


काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल कम्युनिष्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र झलनाथ खनालबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति पौडेलले शनिबार बिहान नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजकसमेत हरेका नेपाल र अर्का नेता खनालसँग अलगअलग भेटवार्ता गरेका हुन् ।

भेटवार्तामा समयमै निर्वाचन गराउने, सबै दल र समूहहरूलाई मिलाएर निर्वाचन गराउनेलगायत समसमाहिक विषयमा छलफल भएको थियो ।

दुबै नेताहरूसँग करिब एक घण्टा चलेको छलफलमा आगामी निर्वाचनका लागि आवश्यक पूर्वाधार, शान्तिसुरक्षा व्यवस्था र तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्ने विषयमा छलफल भएको खनालको सचिवालयले जनाएको छ।

सचिवालयले भनेका छ, ‘गत भदौ २३ र २४ गते भएको दुबै प्रकारका घटनाहरूको बारेमा र त्यसका कारणहरुको बारेमा छलफल भयो।एउटा बाध्यात्मक परिस्थितिमा अहिलेको सरकार बनेको र अब यसको प्रमुख दायित्व निर्वाचन गराउनु रहेको पनि छलफलमा जोड रह्यो।’