काठमाण्डु – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय जिल्ला सभापतिहरुको भेला काठमाण्डुमा जारी छ । काठमाण्डुमा उपलब्ध जिल्ला सभापतिहरुको बैठक ठमेल स्थित एक होटलमा जारी रहेको छ ।
क्रियाशील सदस्यता विवादका कारण पार्टी महाधिवेसन अन्योलमा रहेका बेला नेतृत्वलाई सुझावदिनेगरी सभापतिहरु छलफलमा जुटेको नुवाकोट कांग्रेस जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले बताए । हिजोदेखी शुरु भएको जिल्ला सभापति भेलालाई आज वरिष्ठ नेता पौडेलसहितका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
बैठकमा संकलन भएको लिखित सुझाव शीर्ष नेताहरुलाई बुझाइने केसीले बताए । जिल्ला सभापति भेलामा भने पार्टी वैधानिकता जोगाउन विशेष महाधिवेशनमा जोड दिइएको छ ।
तर, संस्थापन पक्षले भने निर्वाचन आयोगमा ५० हजार रुपैँया तिरेर भएपनि महाधिवेसन सार्ने गरी छलफल गरिरहेको छ । जिल्ला सभापति भेलामा ४७ जिल्ला सभापति सहभागी भएको आयोजकले बताएको छ ।




प्रतिक्रिया