रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउने कांग्रेसकाे निर्णय

रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउने कांग्रेसकाे निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसले राष्ट्रपतिको उम्मेदवार रामचन्द्र पौडेललाई बनाउने निर्णय गरेक छ । शनिबार बिहान बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेकाे हो ।

सभापति शेरबहादुर देउवाले पौडेललाई राष्ट्रपतिको उम्मेदवारमा प्रस्ताव गरेपछि सर्वसम्मतले पारित गरेको एक नेताले जानकारी दिए ।

राष्ट्रपति निर्वाचनमा कांग्रेसका उम्मेदवारले सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी, जनमत, लोकतान्त्रिक समाजवादी, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाले समर्थन गर्ने शुक्रबार साँझको बैठकले निर्णय गरिसकेको छ ।