जलहरी प्रकरण : संसदको रेकर्डवाट हटाएकोमा रामहरी खतिवडाको आपत्ति

जलहरी प्रकरण : संसदको रेकर्डवाट हटाएकोमा रामहरी खतिवडाको आपत्ति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले संसदमा रेकर्डवाट हटाउने परम्परा अन्त्य हुनु पर्ने बताएका छन् । प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै सांसद खतिवडाले जलहरी प्रकरण सांसदमा उठेको तर पछि हटाएको भन्दै आपत्ति समेत जनाएका छन् ।

‘महालेखाको प्रतिवेदनमा नै पशुपतिमा चढाईएको जलहरीको सुन हराएको बिषय संसदमा उठाईयो तर पछि त्यसलाई संसदको रेकर्डवाट हटाउने काम भयो, यो परम्पराको अन्त्य हुनुपर्छ,’ उनले भने, ‘तर, संसदको रेकर्डबाट हटाईएको भएपनि जनताको मनवाट हट्ने छैन् ।’

‘हामीले संसद्‌लाई अलिकति हल्का रूपमा प्रस्तुत गर्दैछौँ। कसैको सत्ता पाउने/नपाउने आवेग संसद्‌ नबनोस्। संसद्‌मा छलफल हुने विषय रेकर्डबाट हटाउने प्रक्रिया परम्परा अन्त्य होस्। हामी सार्वभौम सत्ता संसद्‌ बनाउन चाहन्छौँ,’ उनले भने।