सर्वोच्च अदालतको विज्ञमा रामकृष्ण तिमिल्सिना नियुक्त


काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले सर्वोच्च अदालतको संवैधानिक इजलासको विज्ञको रुपमा सर्वोच्चकै पूर्वरजिष्ट्रार डा. रामकृष्ण तिमिल्सिनालाई नियुक्त गरेका छन् ।

संवैधानिक इजलास कार्य सञ्चालन नियमावलीमा संवैधानिक इजलासमा विज्ञ नियुक्तिको व्यवस्था छ । सोही व्यवस्था अनुसार प्रधानन्यायाधीश राणाले आवश्यक अध्ययन अनुसन्धान राय र परामर्शका लागि तिमिल्सिनालाई नियुक्त गरेका हुन् ।

तिमिल्सिनाले आफूलाई माघ १ गतेबाट लागू हुनेगरी नियुक्त गरिएको जानकारी दिए । नेपालको संविधान २०७२ ले सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास गठनको व्यवस्था गरेको छ ।

संविधान र कानुनविद् मध्येबाट डा. तिमिल्सिना पहिलोपल्ट संवैधानिक इजलास विज्ञको रुपमा नियुक्त भएका हुन् । डा. तिमिल्सिनाले सूचनाको हकमा विद्यावारिधी गरेका हुन् । तिमिल्सिना नेशनल ल कलेजका संस्थापक सञ्चालकसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement