काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ परेकी छिन् ।
अपराध महाशाखाको टोलीले झाँक्रीलाई उनको निवास शंखमुलबाट पक्राउ गरेको हो । उनलाई राज्यविरुद्ध अपराध गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
राज्यविरुद्धको कसुर दफा ५८ अनुसार झाँक्री पक्राउ परेकी हुन् । मुलुकी अपराध संहिताको दफा ५८ ले राष्ट्रपति र संसदलाई कुनै किसिमको दबाव दिएमा ७ वर्षसम्म कैद हुन सक्ने व्यवस्था गरेको छ ।
उक्त दफाको उपदफा १ मा भनिएको छ, ‘कसैले नेपालको राष्ट्रपति वा संसदलाई (संघिय तथा प्रादेशिक) संविधान तथा कानून बमोजिम गर्नुपर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा बञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्यसम्पादन गर्न बाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाव दिन हुँदैन ।’
त्यस्तै उपदफा २ अनुसार झाँक्रीलाई ७ वर्ष कैद वा ७० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।
उनलाई राज्यविरुद्ध अपराध गरेको अभियोगमा बिहीबार शंखमुलस्थित निवासबाट अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ । राज्यविरुद्धको कसुर दफा ५८ अनुसार झाँक्री पक्राउ परेकी हुन् ।




प्रतिक्रिया