काठमाण्डु – पक्राउ परेकी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले यो अन्तिम लडाई भएको बताएकी छन् ।
बिहीबार आफ्नै निवास शंमुलबाट पक्राउ परेकी झाँक्रीले कार्यकर्ताहरुलाई धैर्य गर्न आग्रह गर्दै यो नै अन्तिम लडाई भएको बताएकी हुन् । उनले अहिले अपराध अनुसन्धान विभाग मिनभवनमा रहेको बताएकी छन् ।
‘राज्य विरूद्धका कसुर अन्तर्गत संविधानको धारा ५८ अनुसारको पक्राउ पूर्जी जारी गरी गिरफ्तार गरिएको छ। सबै साथिहरूले धैर्य गर्नुहोला । यो अन्तिम लडाई हो’, उनले भनिन् ।




प्रतिक्रिया