काठमाण्डु – प्रहरीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई लिखित कागज गराएर छोडेको पाइएको छ ।
बिहीबार साँझ रिहा भएकी झाँक्रीलाई महानगरीय अपराध महाशाखाले लिखित कागज गराएर रिहा गरेको जनाएको छ । महाशाखाका प्रमुख एसएसपी दीपक थापाले लिखित कागज गराएर छोडिएको जानकारी दिए ।
‘संवैधानिक राष्ट्रपतिप्रति हिजो, आज र भोली जहिल्यै पनि सम्मान रहन्छ । र अभिव्यक्ति स्वतन्त्रता, संविधानको धारा र कानूनअनुसार मैले गरेको/बोलेको हुँ । अन्य गलत मैले गरेको छैन्’, लिखित कागजमा उल्लेख छ ।
एसएसपी थापाले झाँक्रीको मुद्दालाई अगाडि नबढाइएको स्पष्ट पारे । प्रहरीले झाँक्रीलाई केहीबेरअघि रिहा गरिसकेको छ ।





प्रतिक्रिया