प्रधानमन्त्रीलाई रामकुमारी झाँँक्रीको सुझावः सत्यनास हुनु छ भने किनारा खोज

प्रधानमन्त्रीलाई रामकुमारी झाँँक्रीको सुझावः सत्यनास हुनु छ भने किनारा खोज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले आगामी वैशाख २७ गते प्रतिनिधिसभा विश्वासको मत लिँदैछन् । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै उनले संसदमा विश्वासको मत लिने निर्णय गरेका हुन् ।

नेकपा एमाले एक्लैसँग संसदमा १२० जना सांसद रहेका छन् । त्यसमध्ये २०/२१ जना सांसद माधव नेपाल समूहसँग छन् । नेपाल समूहले प्रधानमन्त्रीलाई असहयोग गर्ने योजना बनाइरहेको छ । उनीहरुले प्रधानमन्त्री ओलीकोविरुद्धमा मत हाल्ने तयारी गरेका हुन् ।

नेपाल समूहले आफू पनि डुब्ने र ओलीलाई डुबाउने नीति लिएको छ । नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले आफूहरु पनि डुब्ने र प्रधानमन्त्रीलाई डुबाएर जाने नीति अवलम्बन गरेको बताएकी छन् । उनले सत्यानास हुनबाट जोगिनु छ भने किनारा खोज्न पनि सुझाव दिएकी छन् ।

‘हामी त डुब्छौ नै । हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ । यदी तिम्रो सत्यनास हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज । विचार गर, दम्भ, अहङ्कार र जिद्दी छोड’, उनले भनेकी छन्, ‘हिन्दीमा एउटा कहावत छः हम तो डूबेंगे ही सनम्, आपको भी ले डूबेंगे, अगर डुब्नें से बच्ना है तो किनारा ढुढों ।’