रामकुमारी झाँक्रीको मागः ओली नेतृत्वको सरकारले गरेका निर्णय खारेज गर्नुपर्छ

रामकुमारी झाँक्रीको मागः ओली नेतृत्वको सरकारले गरेका निर्णय खारेज गर्नुपर्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले आफ्नै पार्टीले नेतृत्व गरेको सरकारले गरेका निर्णय खारेज गर्न माग गरेकी छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद झाँक्रीले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका जनविरोधी निर्णयलाई वर्तमान सरकारले खारेज गर्नुपर्ने माग गरेकी हुन् ।

‘सरकारले संविधानलाई ट्रयाकमा राख्न र सही बाटोमा हिँडाउने मात्रै दायित्व बोकेको छैन । पूर्ववर्ती सरकारले गरेका जनविरोधी कार्यहरुलाई खारेजी गर्ने जिम्मेवारी पनि बोक्नुपर्छ,’ उनले भनिन्, ‘झापाको गिरीबन्धु टी स्टेटलाई हदबन्दी भन्दा बढी जग्गा दिने अघिल्लो सरकार निर्णय खारेज गर्नु पनि जरुरी छ । त्यसका लागि एउटा टोली काठमाण्डु आएको छ । यसतर्फ म सरकारको ध्यानाकर्षण गराउँछु ।’