सांसद अपहरणमा कसको हात छ ? खोजौंः रामकुमारी झाक्री

सांसद अपहरणमा कसको हात छ ? खोजौंः रामकुमारी झाक्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद रामकुमराी झाँक्रीले समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवमाथि अपहरण गर्नेलाई कडा कारबाही गर्न माग गरेकी छन् ।

जनकपुरबाट उठाएर अपहरण शैलीमा काठमाडौं ल्याउने सांसद महेश बस्नेत , पूर्वआईजी सर्वेन्द्र खनाललगायतमाथि कारबाही गर्न उनले माग गरेकी हुन् ।

उनले कोरोना भाइरसको महामारीका बेला एकाएक मन्त्रिपरिषद् बैठकबाट विवादस्पद अध्यादेश पास हुनु, सितलनिवासबाट खाम साटेर हिड्नु, विपक्षि दलका सांसदलाई अपहरण शैलीमा होटलमा राख्नु,अनि बहुराष्ट्रको उदेश्य पुरागर्न मधेशबादी दलको एकता, के नेपाली राजनीतिका यी सामान्य घटना हुन ? भन्दै उनले प्रश्न गरेकी छन् ।

‘यीमानवीय संकटको यो बेला एकाएक मन्त्रिपरिषदबाट बिबादास्पद अध्यादेश पास गर्नु, सितलनिवासबाट खाम साटेर हिड्नु, विपक्षि दलका सांसदलाई अपहरण शैलीमा होटलमा राख्नु, अनि बहुराष्ट्रको उदेश्य पुरा गर्न मधेशवादी दलको एकता, के नेपाली राजनीतिका सामान्य घटना हुन ? यी घटनाको पछाडी कसको हात छ ? खोजौं’, उनले भनेकी छन् ।