काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद रामकुमारी झाँक्रीले वरिष्ठ नेता माधव कुमार नेपाल र पूर्वमन्त्री शेरबहादुर तामाङले नैतिकता बिर्सिएको बताएकी छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत सांसद झाँक्रीले अरुलाई नैतिकताको पाठ सिकाउने दुवै नेताले आफूले भने नैतिकता भुलेको बताएकी हुन् । उनले सरकारलले जारी गरेको अध्यादेशबारे लक्षित गर्दै यस्तो बताएकी हुन् ।
‘राजनीतिमा नैतिकता हुन्छ भनेर शिक्षा दिने क. माधव नेपाल र अनाहकमा गलत अर्थ लगाएर राजीनामा दिन बाध्य पारिएका क. सेर बहादुर तामाङले नैतिकता आफूमा मात्र सिमित गर्नु भएछ । अन्त नैतिकता कतै देखिन्छ ?’, उनले भनेकी छन् ।
सरकारले आज मन्त्रिपरिषद्बको बैठकबाट संवैधानिक परिषद् र राजनीतिक दलसम्बन्धी दुवै अध्यादेश खारेज गरिसकेको छ । राष्ट्रपति विद्या भण्डारीले सरकारको सिफारिसमा दुवै अध्यादेश खारेज गरेकी हुन् ।




प्रतिक्रिया