काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्ने तयारी गरेको छ ।
गृहमन्त्रालयले झाँक्रीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिइसकेको छ । गृहसचिव महेश्वर न्यौपानेले झाँक्रीलाई पक्राउ गर्न दबाब दिएको प्रहरी उच्च स्रोतले जानकारी दियो ।
विभिन्न कार्यक्रमका लागि उपत्यका बाहिर रहेकी झाँक्री अहिले काठमाण्डु आइसकेकी छिन् । झाँक्रीले आफू आजको आमसभाका लागि काठमाण्डु आइसकेको जानकारी दिइन् । प्रचण्ड–नेपाल समूहको आमसभामा झाँक्रीले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रहरीले पक्राउ गर्नका लागि खोजी कार्य जारी राखेको जनाएको छ । प्रहरीले उनलाई काठमाण्डु अवतरण गर्ने बित्तिकै पक्राउ गर्ने बताएको थियो ।
गोरखामा आयोजित विरोध कार्यक्रममा झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बडामहारानी भनेकी थिइन् । उनले भनेकी थिइन्, ‘राष्ट्रपतिका कुरा त के गर्नु, म बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु निर्वाचनको तयारीका लागि सुविधा छाडेर आउनुस् । शीतलनिवास छाडेर पहिला कोटेश्वर आउनुस्, चावहिल कि कता बानेश्वरतिर बसाइ छ भन्ने सुन्या छु । होइन भने बालकोटै गएपनि हुन्छ ।’




प्रतिक्रिया