नेकपा एसको अनुशासन आयोगले रामकुमारी झाँक्रीलाई सोध्यो स्पष्टीकरण

नेकपा एसको अनुशासन आयोगले रामकुमारी झाँक्रीलाई सोध्यो स्पष्टीकरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– एकीकृत समाजवादीको अनुशासन आयोगले नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ ।

पार्टी अध्यक्ष माधव कुमार नेपाललाई ‘सिनो को संज्ञा दिएको अभिव्यक्तिलाई लिएर झाँक्रीलाई आयोगले ३ दिने स्पष्टीकरण सोधेको हो ।

पार्टीसम्बद्ध युवा संघ नेपालको लुम्बिनी प्रदेश भेलालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले अध्यक्ष नेपालमाथि पतञ्जली योग पीठको जग्गा प्रकरणमा सिनोको सज्ञा दिएर काधमा बोकेर हिँड्न नसकिने’ अभिव्यक्ति दिएकी थिइन् ।

‘पार्टी बनाउने हो भने अब यस्तै संकटहरूबाट हामी उठ्नुपर्छ । पार्टीमा अर्को ठूलो संकट छ । तपाईंहरू सबैलाई थाहा छ, पार्टीमा संकट छ । अध्यक्षकै बारेमा संकट आयो । अब के गर्ने ? अब पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो । संकट आयो भनेर भाग्ने भनेको होइन । पार्टीलाई पुनर्गठन गरौं,’ कैयौँ पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ। अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन। होइन भने, हामी सुध्रिने हो भने नयाँ ढंगले जानको लागि केही डिपार्चर गर्नुपरेन ? अर्ली महाधिवेशन गरौँ, हलबाट नेतृत्व छानौँ । तपाईंमध्ये जो कोही पनि नेतृत्वमा आउन सक्छ।’ उनले भनेकी थिईन् ।