काठमाडौं – राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले चीन र भारतमा दोहोरो नागरिकताको व्यवस्था नभएको बताएका छन् ।
मंगलबार बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै सांसद बिडारीले नेपालमा पनि दोहोरो नागरिकताको व्यवस्था नभएको बताएका छन् ।
‘भारतले छोरी दिन्न भनेर पिर पर्यो भनेर एक जनाले तल्तिर बोलेछन् । अब भारतले हामीलाई छोरी दिन्न भनेर रोयछन् बा ।’, उनले एक जना मधेशवादी दलका नेताको भनाईतर्फ संकेत गर्दै भने, ‘भारतले छोरी नदिए नेपालकी छोरी नेपालको छोरोसँग बिवाह गर्छ ।’
सांस्द बिडारीले भारतले नेपाललाई छोरी दिन सांसद कि मन्त्री बनाउन दिने हो ? भन्दै प्रश्न गरेका छन् । ‘भारतीय बुहारीसँग किन डराएको भन्नेले नेपालकी छोरीलाई भारतमा लगेर किन हेपाएको, भारतमा लगेर किन दासी, कमारी बनाएको भनेर नारा लगाउन मिल्दैन ? छोरी ज्वाईलाई दिने होकी सांसद र मन्त्री बनाउन दिने हो ?’, उनले प्रश्न गरे ।




प्रतिक्रिया