काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रामनारायण विडारीले काँग्रेस सांसद अमरेशकुमार सिंहमाथि व्यंह गरेका छन् ।
आइतबार प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथिको विचार गरियोस भन्ने प्रस्तावको सैद्धान्तिक छलफलमा सहभागी हुँदै सांसद विडारीले बुट पालिस गर्नेभन्दा सीमामा पाले बनाएर राख्न प्रधामनमन्त्री केपी शर्मा अोलीलाई सुझाव दिएका छन् ।
सिंहले केही दिनअघि ओलीले भूमि फिर्ता लिए उनको बुट पोलिस गर्न तयार रहेको बताएका थिए ।
‘केही केहीले भूमि फिर्ता लियो भने ओलीको बुट पोलिस गर्छु भने । अहिले मोदीको बुट पोलिस गर्दैछन् । फिर्ता आयो भने ओलीको बुट पोलिस गर्छन्’, उनले भने, ‘म प्रधानमन्त्रीलाई आग्रह गर्छु, भूमि फिर्ता आएपछि त्यस्ता मान्छेलाई बुट पोलिसभन्दा सिमानामा पाले बनाएर राख्नुपर्छ ।’
उनले कालापानी नेपालको हो भन्दा धेरै कुटाई खायएको स्मरण पनि गरेका थिए । उनले भारतले हडपेको भूमि हाम्रै हो भन्न पनि गणतन्त्र नै आउनुपरेको बताए ।
‘कालापानी क्षेत्र हाम्रो हो भन्दा गोदाइ खाइयो । त्यस्तो हुँदहुँदै आज हामी यहाँ आइपुग्यौँ’, उनले भने, ‘यति काम गर्नका लागि हामीलाई गणतन्त्र चाहिने अवस्था परेको रहेछ । गणतन्त्र नआइ यो काम भएन ।’




प्रतिक्रिया