काठमाडौं – राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले सरकारले भ्रष्टाचारको जालो तोडेपछि विरोध भएको बताएका छन् । बिहीबार बसेको राष्ट्रियसभा बैठकको विशेष समयमा सांसद बिडारीले वर्तमान सरकारले भ्रष्टाचारीलाई ठेगान लगाउन खोज्दासमेत सरकारको आलोचना गरिएको बताए ।
यही सरकारको पालामा न्यायाधीश कारबाहीमा परेको, अख्तियारका प्रमुख र आयुक्तविरुद्ध नै भ्रष्टाचार मुद्दामा रहेको भन्दै यसअघि यस्ता निकायमा कस्ता व्यक्तिलाई सिफारिस गरिएको हो ? भन्दै प्रश्न गरे । अहिले उपप्रधानमन्त्री, मन्त्री र सचिव मात्र होइन धनाड्य, उद्योगपति र प्रहरीका हाकिम, र कर्मचारी भ्रष्टाचारको मुद्दामा परेको बताए ।
कारबाही नगरे खई कारबाही भन्ने र कारबाही गरे मेरो मान्छेलाई किन कारबाही गरेया ? भन्ने गरेको उल्लेख गर्दै उनले एकथरी मान्छे सधैँ विरोधमा रहेको दाबी गरे ।
‘अहिले उपप्रधानमन्त्री ठिठि गरेर बसेर धेरै लामो समयसम्म पदमा बसेको उपप्रधानमन्त्री मन्त्री, सचिव र बडेबडे धनाड्या घरानाहरु, उद्योगपतिसम्मलाई भ्रष्ट्राचारको मुद्धामा ल्याइयो’, उनले भने, ‘एकथरी मान्छेको सँधै विरोध । कारबाही नगरे खै कारबाही ? भन्छ नगरे फलानालाई किन नगरेको ? मेरो मान्छेलाई किन गरेको ? भन्छ । कारबाही गरे गुहार–गुहार मेरो मान्छे भनेर रुने । कारबाही नगरे किन कारबाही नगरेको हत्तेरी बर्बाद भयो भन्ने ?’
महान्यायाधिवक्तालाई मुद्दा चलाउने, प्रहरीलाई अनुसन्धान गर्ने र अदालतलाई स्वतन्त्ररूपमा न्याय दिने अधिकार रहेकाले अब यस्ता मुद्दाको छिनोफानो अदालतले नै गर्ने बताए ।
‘न्यायाधिशहरुलाईसमेत कारबाही गरियो । राजीनामा दिएर भागाभाग गर्न थाले । त्यति कुरो त देखिएको छ नि !, उनले भने ।
सांसद बिडारीले सुन तस्करलाई कानुनी कठघरामा ल्याइसक्दासमेत केही मान्छे अहिले पनि ठूलो माछा खोई ? भन्दै उफ्रिने गरेको भन्दै आक्रोश व्यक्त गरे ।
‘यही सरकराले सुन तस्करहरुलाई खोज्यो । विदेमा भएकालाईस्मेत ल्याएर झ्याल खानामा हाल्यो । खै ठूलो माछा भनेर उफ्रिन्छ फेरी त्यसलाई कत्रो ठूलो माछो चाहिएको हो ?’




प्रतिक्रिया