काठमाण्डु – कृषी तथा पशुपंक्षी मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन्। नेपाली कांग्रेसको शेखर कोइराला पक्षबाट मन्त्री बनेका अधिकारीले मंगलबार पदबाट राजीनामा दिएका हुन्।
नेता कोइरालाले आफू पक्षधरका मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गरेका छन् ।
चीन भ्रमणमा रहेका नेता कोइरालाले आफ्नो समूहबाट मन्त्री बनेका चार मन्त्रीलाई राजीनामा दिन टेलिफोनमार्फत निर्देशन दिएको हुन् ।
राजीनामा पत्रमा उनले कलिला छोराछोरीहरुको दमन गर्दै यो सरकारमा बसि रहन नैतिकता र दलले बोकेको विचार र मलाई प्रदान गरेको शिक्षाको खिलाफ हुने भएकाले पदीय जिम्मेवारीमा टाँसी रहन नसकिने जनाएका छन् ।




प्रतिक्रिया