काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीका सञ्चार विज्ञ रामशरण बजगाईलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
आइतबार आएको रिपोर्टमा आफूलाई कोरोना संक्रमण पुष्टि भएको बजगाईले जानकारी दिए । बजगाईले स्वास्थ्य अवस्था सामान्य रहेको र आफ्नो सम्पर्कमा आएकालाई स्वाव परीक्षण गराउन पनि आग्रह गरेका छन् ।
शनिबार प्रधानमन्त्री सचिवालयका चार जना सदस्य र ७६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।




प्रतिक्रिया