काठमाण्डु– फागनु २१ मा हुने प्रतिनिधिसभा चुनावका लागि एमालेले निर्वाचन परिचालन कमिटीको संयोजक तोकेको छ ।
मंगलबार बिहान बसेको एमाले सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई चुनावी कमान्डर बनाएको हो ।
एमाले उपमहासचिव लेखराज भट्टका अनुसार विष्णु रिमाल, छविलाल विश्वकर्मा, राजन भट्टराई, हिक्मत कार्की, रमेश बडाल र भीष्म अधिकारी सदस्य रहेका छन् ।
त्यस्तै, कांग्रेस र नेकपाबीच छलफल गर्ने र हरेक प्रदेशमा एकजना पर्ने गरी सात सीट माग गरेको उपमहासचिव भट्टले जानकारी दिए । कांग्रेससँग छलफल गर्ने र उम्मेदवारको टुंगो लगाउने जिम्मा पनि बैठकले अध्यक्षलाई नै दिएको उनले जानकारी दिए ।
बैठकले अध्यक्ष ओलीकै नेतृत्वमा घोषणा पत्र समिति समेत गठन गरेको छ। समितिमा उपाध्यक्ष रामबहादुर थापा बादल, विष्णु पौडेल, महामसचिव शंकर पोखरेल तथा केन्द्रीय सदस्य प्रदीप ज्ञवाली र पूर्वउपमहासचिव विष्णु रिमाल सदस्य छन् ।




प्रतिक्रिया