प्रजातन्त्रदेखि गणतन्त्रसम्मका सहिदको नाम संकलन गर्न प्रथम राष्ट्रपति यादवको अनुरोध

प्रजातन्त्रदेखि गणतन्त्रसम्मका सहिदको नाम संकलन गर्न प्रथम राष्ट्रपति यादवको अनुरोध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले प्रजातन्त्रदेखि गणतन्त्र प्राप्तिका लागि महत्वपूर्ण योगदान गरेका व्यक्तिहरूको नाम संकलन गर्न अनुरोध गरेका छन् ।

बिहीबार काठमाण्डुमा तारापति भट्टराई स्मृति प्रतिष्ठान तनहुँद्वारा आयोजित तारापति भट्टराई स्मृतिग्रन्थ विमोचन कार्यक्रममा उनले विभिन्न कालखण्डमा देशका लागि योगदान गरेका व्यक्तिका बारेमा खोजी गर्न आग्रह गरे ।

उनले भने, ‘हामी पार्टीमा हुँदाखेरी जिल्ला जिल्लाका सहिद, कर्मठ व्यक्तिहरूका बारेमा ध्यान दिनुस् । देशका विभिन्न जिल्लाहरूमा राणाकालदेखि गणतन्त्रकालसम्म आइपुग्दा जतिले पसिना लगाएका छन्, त्यसमा महत्त्वपूर्ण व्यक्तिहरूलाई संकलन गर्नुस् ।’ उनले आफू ८३ वर्ष पुगेको भन्दै स्वास्थ्य मन्त्री प्रदिप पौडेललाई लक्षित गर्दै स्वस्थ्य रहन सुझाव दिए ।

कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री प्रदीप पौडेलले तारापति भट्टराईको जीवनशैलीप्रति आफू प्रभावित भएको भन्दै समाज परिवर्तनका सर्न्दभमा यथास्थितिलाई बदल्नुपर्ने बताए ।