काठमाण्डु – राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले आईतबार छाउनीस्थित राष्ट्रिय संग्रहालय र सैनिक संग्रहालयको अवलोकन भ्रमण गरेका छन् ।
भ्रमणको दौरान राष्ट्रपति पौडेलले सैनिक संग्रहालयको विभिन्न प्रदर्शनी कक्षहरूमा राखिएको ऐतिहासिक, पुरातात्विक तथा सैनिक सामग्रीको अवलोकन गरेका छन् ।
अवलोकन भ्रमणका अवसरमा बलाधिकृत रथी निर्मलकुमार थापा, रथीबृन्द, अधिकृत लगायत सकलदर्जाको उपस्थिति थियो ।
प्रतिक्रिया