राष्ट्रपतिसमक्ष ४ देशका नवनियुक्त राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

राष्ट्रपतिसमक्ष ४ देशका नवनियुक्त राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त ४ मुलुकका राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमार्फत राजदूतहरूले प्रमाणपत्र बुझाएका हुन् ।

विशेष समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो । नवनियुक्त राजदूतहरूलाई काठमाण्डुस्थित होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म विशेष सम्मानस्वरूप रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो ।

ओहोदाको प्रमाणपत्र पेश गर्ने राजदूतहरूमा जर्मनीका आवासीय राजदूत उडो इउजेन भोल्ज, फिनल्याण्डका आवासीय राजदूत पेत्रि जुहानी पुहक्का, बुर्किना फासोका गैरआवासीय राजदूत देसिरे बोनिफास सोम र कम्बोडियाकी गैरआवासीय राजदूत राथ म्यानी रहेका राष्ट्रपति कार्यालयले जनाएको छ ।