राष्ट्रपति पौडेलद्वारा ईन्द्रजात्रा अवलोकन

राष्ट्रपति पौडेलद्वारा ईन्द्रजात्रा अवलोकन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित शनिबार ईन्द्रजात्रा अवलोकन गरेका छन् ।

सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि पैदल हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक गई जात्रा अवलोकन गरेका हुन् ।

सो अवसरमा उनलाई काठमाण्डु महानगरपालिकाका प्रमुख बालेन साहले स्वागत गरेका थिए । जात्राका अवसरमा राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाई यात्रा गराउने अनुमति दिएका थिए । त्यसपछि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो ।

भाद्र शुक्ल द्वादशीका दिन शनिबार बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्राको शनिबार मुख्य दिन हो ।

जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरू, सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि लगायत सहभागी थिए ।

वर्षा र सहकालका देवताका रूपमा पूजिने इन्द्रको शनिबार विधिपूर्वक पूजा आज पनि गरिएको थियो । जात्राका अवसरमा लाखे, दशअवतार लगायत महाकाली, रामचन्द्र, पुलुकिसी नाच लगायत सांस्कृतिक झाँकी, नाचगान हुने गर्छ ।