कांग्रेसको मतदाता सूचीमा राष्ट्रपति पौडेलको नाम, हटाउन शितल निवास सक्रिय

कांग्रेसको मतदाता सूचीमा राष्ट्रपति पौडेलको नाम, हटाउन शितल निवास सक्रिय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि सार्वजनिक गरिएको मतदाता नामावलीको सूचीमा राष्ट्रपति रामचन्द्र पौडेलको नाम परेको छ ।

भृकुटीमण्डपमा निर्वाचन समितिले टाँस गरेको मतदाता नामावलीमा राष्ट्रपति पौडेलको नाम दोस्रो नम्बरमा राखिएको छ । सूचीमा उनलाई ‘नेता’ भनेर उल्लेख गरिएको छ ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राष्ट्रपति निर्वाचन जितिसकेपछि पार्टी राजनीतिबाट अलग भइसकेको अवस्थामा मतदाता नामावलीमा नाम समावेश हुनु उपयुक्त नहुने भन्दै केन्द्रीय निर्वाचन समितिलाई नाम हटाउन आग्रह गरेका छन् ।