राष्ट्रपति पौडेलद्वारा भोटो जात्रा अवलोकन

राष्ट्रपति पौडेलद्वारा भोटो जात्रा अवलोकन


काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो जात्रा शनिबार अपराह्न अवलोकन गरेका छन् ।

प्रथम महिला सविता पौडेलसहित शनिबार ललितपुरको जावलाखेल पुगेर उनले जात्रा अवलोकन गरेका हुन् ।

मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्‍याइएको चौथो दिन भोटो देखाउने परम्परा छ । सो अवसरमा गुठी संस्थानका कर्मचारीले भोटो देखाएका थिए भने राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथसँगै जीवित देवी कुमारीको दर्शन पनि गरेका थिए ।

मच्छिन्द्रनाथलाई अन्नदाता, पानी पार्ने देवता, अनिष्ट र अनिकाललाई सामना गर्ने देवताका रूपमा मानिन्छ । त्यसो हुँदा यसको सांस्कृतिक, धार्मिक र ऐतिहासिक महत्व रहिआएको छ । कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, प्रधानन्यायाधीश डा. मनोज शर्मा, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थति थियो ।