रामचन्द्र पौडेलले बन्द गरे भेटघाट

रामचन्द्र पौडेलले बन्द गरे भेटघाट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भेटघाटका कार्यक्रम रोकेका छन् ।

काठमाण्डु उपत्यकाभित्र पनि कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दो क्रममा रहेको भन्दै पौडेलको सचिवालयले एक विज्ञप्ति जारी गर्दै तत्कालका लागि भेटघाटका कार्यक्रम बन्द गरिएको जानकारी दिएको हो ।

‘अत्यावश्यक बाहेकका भेटघाट कार्यक्रम केहि समयका लागि बन्द गरिएको छ,’ पौडेलको सचिवालयले भनेको छ । काम परेमा भर्चुअल बैठक र टेलिफोनबाट कुराकानी गर्न पौडेलको सचिवालयले आग्रह गरेको हो ।